काठमाडौं – घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको गोल अन्ततः निर्णायक सावित भयो । जितसँगै चार देश सम्मिलित प्रतियोगितामा नेपालले…