वर्षामानलाई प्रधानमन्त्री ओलीको तीखो जवाफ: ‘७ महिनाअघि आफैँ अर्थमन्त्री हुँदा कस्तो थियो अर्थतन्त्र ?’

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा सांसद वर्षामान पुनले संसदमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यांकमा आधारित भएर विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै तीखो प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री ओलीले पुनलाई सम्झाउँदै भने, “देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा धन्यवाद, तर ७ महिना अगाडि तपाईँ नै अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समयको मूल्यवृद्धि अनुपात र अहिलेको तुलनात्मक समीक्षा गर्न…