दिक्तेल रूपाकोट मझुवागढीले किन हटायाे सबै स्कुलका ‘हेडसर’ ?

खाेटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने गरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी…