काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक ढंगले गठन भएको भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आरोपको खण्डन गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले संविधानको उही धाराबाट काँग्रेसको समर्थनमा ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा संवैधानिक हुने अनि सोही प्रक्रियाबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री…