काठमाडौँ । नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी पुरान्दा राजवाडा-९ का २७ वर्षीय मुकेश कुमार सोनी छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरको २९ थान नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । सुकनाहा बजारकै किराना पसलमा…