राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

चितवन- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । बिहिबार स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए। उनले भने, ‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन । बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन् ।’ आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार…