चिनियाँ राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले नेपालका लागि चिनियाँ राजदूत छन सोङले हालै दिएको एक विवादित अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन्। नेपालको आर्थिक अवस्था र नेपाल–भारत सम्बन्धबारे राजदूत सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको मन्त्री यादवले बताएका हुन्। राजदूत सोङले गत शनिवार आयोजित एक कार्यक्रममा भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरिरहेको बताउँदै यस्तोमा नेपाल…