काम नगर्नेलाई ठेगान लगाउँदै भरतपुर, १६ वटा ठेक्का अलपत्र पार्ने ७ कम्पनी ब्ल्याक लिस्टेड

चितवन । तोकिएको समयमा काम पूरा नगर्ने ७ वटा निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरूलाई कालोसूचीमा राखेको हो । जन कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, शिवालय बिल्डर्स, अनुष्ठान कन्स्ट्रक्सन, एकेज कन्स्ट्रक्सन, एन्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल…