काठमाडौं - दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका मोन्टी देशाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । क्यानले शनिबार सामाजिक संञ्जालमार्फत मोन्टीसँगको सम्झौता सकिएको घोषणा गरेको हो । यद्यपि क्यानले यसअघि नै मोन्टीसँगका दुई वर्षको सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो । ‘दुई वर्षको सम्झौता सकिएपछि हामी नवीकरण नगर्ने निर्णयमा पुगेका हौं…