नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौ- महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो । नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।…