पाँचथर । सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुग्नुभएको छ । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुगेका छन् । उनीहरू दुवै आफ्नो भोटेकुकुरलाई प्रजनन गराउन सिक्किमदेखि पाँचथरको उच्च पहाडी भेगका चौँरीगोठसम्म आइपुगेका हुन् । उनीहरूले कुकुर लिएर…