महोत्तरी । यु-१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसिया कप र विश्वकप जित्नु अहिलेको अर्जुन दृष्टि भएको बताएकी छन् युएईमा सम्पन्न दुई वटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले संक्षिप्त कुराकानीमा मुलुक फर्कँदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन्…