काँग्रेस संसदीय दलको बैठकमा उठ्यो हिन्दु राष्ट्रको माग

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दु राष्ट्रको माग पुनः उठाएका छन् । अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन । यद्यपि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए । ‘आज फ्लोरबाट कसैले…