भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर

कलकत्ता- भारतको एक अदालतले शनिबार एक ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्याको दोषी ठहर गरेको छ । गत अगस्टमा पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू…