काठमाडौं– भारतबाट पेट्रोल र मट्टितेल पनि पाइपलाइनमा नेपाल आउन थालेपछि वितरण सुरु गरिएको छ। बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण सञ्चालनमा आएको हो। दुई चरणमा सम्पन्न्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आउन थालेको हो। २०७६ भदौ २४ गते पहिलो चरणमा डिजल आयात गरिएको उक्त…