दाङ । घोराही उपमहानगरपालिका-६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्यांकन गर्न सकेन”, उनले भने । आफ्नै खर्चमा गाउँ-गाउँ पुग्ने गरेको उनी बताउँछिन् । घोराही-१२ निवासी इमाकुमारी शर्माले…