सुनको मूल्य पुन: उकालो, प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम

काठमाडौं- पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य यो साता पनि उकालै लागेको छ। गएको साता निरन्तर उकालो लाग्दै बिहीबार घटेर शुक्रबार स्थिर रहेको सुनको मूल्य यो साता आइतबार पुन: उकालो लाग्दै कीर्तिमानी बिन्दुमा पुगेको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको छ,…