काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग फेस गर्न नसकेको प्रतिक्रिया दिएका छन् । साम्पाङ मंगलबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुगेका थिए । उनले खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानको पानीको समस्या र बजेट सुनिश्चितता गर्न आग्रह गरेका थिए । लगत्तै प्रधानमन्त्री ओलीलाई भेटेर पत्र बुझाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…