काठमाडौ । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपालको एपीएफ स्कुलमा ठूलो आर्थिक अनियमितता भएको उजुरी परेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको छ । विगत चार वर्षमा स्कुलको साढे ४ करोड रुपैयाँभन्दा बढी रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको आरोप छ । उजुरीअनुसार विद्यालयको बैंक खातामा जम्मा हुनुपर्ने रकम स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङले…