निष्ठा र आन्तरिक लोकतन्त्र कम्प्रोमाइज गर्ने विषय होइन – रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन्। शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकको सुरुवात गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। उनले आन्तरिक लोकतन्त्रमा पनि जोड दिए। ‘पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै महत्त्वपूर्ण कुरा हो,’ बैठकको सुरुवातमा केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले…