काठमाडौ । ‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक ९इन्सपेक्टर० बिनुकुमारी शाहीलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरिएको छ। घटना सार्वजनिक भएपछि गठित छानबिन समितिले शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ। उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका…