छिन्नमस्ता र कंकालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि

राजविराज (सप्तरी) । बडादशैंको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका-३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको उनले बताए । “धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त…