काठमाडौँ । नेपाली क्रिकेट टिम लिग-२ को अर्को शृङ्खलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टिम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन् । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन…