काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौँ खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई मध्यम लक्ष्य दिएको छ । नेपालले रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको हो । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । रेनेगेड्स अहिले जवाफी ब्याटिङ…