टप एण्ड टी-२० सिरिज : नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

काठमाडौँ- टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम…