काठमाडौँ। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बुझ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित भएपछि कप्तान कुशल भुर्तेलले यसो बताएका हुन् । ‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा…