काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमाकाठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो। जनकपुरले आफ्नो ६ खेलमा पाँच जित निकाल्यो। बिहीबार काठमाडौँलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।…