काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा छन् ।