थाइल्यान्डमाथि नेपालको शानदार जित

काठमाडौँ - आइसीसी यु-१९ महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । नेपालले थाइल्यान्डमाथि शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको हो । नेपालले दिएको १०३ रनको लक्ष्य पच्छ्याएको थाइल्यान्ड ३५ रनमै अलआउट भयो । नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् ।…