संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध चयन

काठमाडौँ। संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले…