राष्ट्रिय सभाको बैठक बस्दै, निजामती विधेयक पेस हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक मंगलवार बस्ने भएको छ । बैठक दिउँसो १:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । सोमवार पनि सो कार्यसूची तय भए पनि समितिमा विधेयकमाथिको छलफल नसकिएको…