वर्षमान पुनले भने : ‘जनताले शासन गर्ने कुरा स्वीकारेका छौँ, संघीयताको आवधिक समीक्षा गरौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयता नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन् । गृहजिल्ला रोल्पास्थित संघ तथा प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूबाट गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै संघीयता तीन तहका सरकारमार्फत जनताका सार्वभौम अधिकार बाँडफाँट गरिएको बताए । ‘तीन तहको संघीय संरचना संविधानले स्वीकार गरिसकेको…