खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक,२०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ जना सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकाेमा सांसद डा अमरेशकुमार सिंहले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए भने बाँकी २६ जना सांसदले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि…