जीवनभर देश र जनताको लागि समर्पित रहनेछु : शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए । सभापति देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि…