केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा असोज २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी दिएका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा…