मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारकै कारण लोकतन्त्रमाथि नै खतरा पैदा भएको बताएका छन् । आज (शनिबार) हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै गुरुङले वर्तमान सरकार लोकतन्त्रलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउनेतर्फ उद्धत रहेको आरोप लगाए । ‘वर्तमान सरकार सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको छ । जसका कारण लोकतन्त्रमाथि क्रमशः खतरा…