एमाले महासचिवको निर्देशन : नेतृत्वको बहस रोक्नुस्

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन् । आज (बुधबार) पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘पार्टी पंक्तिले नीति र विधि…