माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको हो। एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। ‘विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि…