प्रचण्डको प्रश्न- सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति जनाएका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले संसदीय समितिले दोषी ठहर गरेका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद…