काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाबाट आफूविरुद्ध उठाइएका प्रश्नको जवाफ दिने भएका छन्। करिब एक सातादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सभापति थापाले आज सम्बोधन गर्दैछन्। उनी अपराह्न ४ बजे बैठकमा बोल्ने कार्यक्रम रहेको कांग्रेस नेताहरूले बताएका छन्। थापाले आफ्नो सम्बोधनमा देउवा पक्षको तीनदिने भेलामा उठाइएका…