काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको बताएको छ । शुक्रवार साँझ सभापति लामिछाने पक्राउ परे लगत्तै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सो कदम राजनीतिक पूर्वाग्रह प्रेरित रहेको बताएका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै…