काठमाडौ । राष्ट्रियसभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८–७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवेदन पेस गरेका हुन् । कानुनमन्त्री गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम…