ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले शपथ खुवाएका हुन्।