काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् । काठमाडौँ-५ र नुवाकोट-१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् । महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु…