पूर्वप्रधानमन्त्री देउवाले चुनौती दिदै भने -मेरो जीवन खुला किताब हो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र परिवारविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अनुसन्धानलाई झुटो र भ्रामक प्रचार भनेका छन् । बुधबार साँझ फेसबुकमा वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको छ ।” उनले सार्वजनिक पदमा रहँदा कानुनबमोजिम सम्पत्तिको यथार्थ…