काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्मा सुविधाजनक बहुमत रहेको र सभामुख पद साझा व्यक्तिबाट संचालन हुनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने, “संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायित्व सभामुखमा रहने भएकाले संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित हामीले…