गलकोट – बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् । बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका…