सहकारी छानबिन प्रतिवेदनमा सबै सदस्यकाे हस्ताक्षर, आजै सभामुखलाई बुझाइने

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आजै सभामुखलाई बुझाइने भएको छ। अन्तिम प्रतिवेदन लेखनको काम सकिएसँगै समितिका सबै सदस्यहरुले प्रतिवेदनमा हस्ताक्षर गरिसकेका छन्। गत जेठ १५ मा प्रतिनिधिसभाले तीन महिनाको कार्यावधि दिएर एमाले सांसद सूर्य थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ…