महिला भलिबल खेलाडीलाई प्रधानमन्त्री ओलीले भने- जहिले पनि जित्छौँ भन्ने मनोबलका साथ लाग्नुस्

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई…