१५ करोड ३२ लाख रुपैयाँमा बनेको अस्पताल भवन हस्तान्तरण नहुँदा उपयोगविहीन

काठमाडौं । नवलपरासीको डेढगाउँमा १५ करोड ३२ लाख रुपैयाँमा बनेको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगविहीन बनेको छ । निर्माण कम्पनीले भुक्तानी नपाउँदा ५ महिनादेखि उपयोगविहीन भएको हो । प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।…